You are viewing the translated version of प्राधिकरणको स्थापना.

Section 103A
प्राधिकरणको स्थापना
(१) सङ्घ, प्रदेश र स्थानीय. तहको कार्यक्षेत्रभित्रका बचत तथा क्रणको-मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न एक राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरिएको छ। (२) प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । (३) प्राधिकरणले नेपाल सरकारसँग सम्पर्क गर्दा मन्त्रालय मार्फत गर्नु पर्नेछ। (४) प्राधिकरणको काम कारबाहीको सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्नेछ। (५) प्राधिकरणले आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नेछ।

(६) उपदफा (५) . बमोजिमको प्रतिवेदन नेपाल सरकारले सङ्घीय - संसद्को सम्बन्धित समितिमा पेस गर्नेछ।